एजेन्सी – भारतमा दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने भएका छन् । भारतस्थित आसामको मन्त्रीमण्डलले गत सोमबार दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने निर्णय गरेको हो ।
सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।
त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ । त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई तीन विगाह जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।
प्रतिक्रिया