बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्नेलाई कडा कार्बाही गर्न सांसदहरुको माग

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्नेलाई कडा कार्बाही गर्न सांसदहरुको माग


गोविन्द रोस्यारा, धनगढी –कैलालीको घोडाघोडी नगरपालीका ५ देउकलीकी २० बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाको छानबिन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाको अनुसन्धान सुरु भएको बताए ।

बोहोराले घटनामा संलग्न भोले वाबा भन्ने सोही गाउँका राम बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको जानकारी दिए । आफुलाई बोक्सी लगाएको भन्दै भोले बावालाई गुहार्ने तथा घरबाट राधालाई हात समातेर लैजाने किष्मती चौधरीको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसैबिच सात नम्बर प्रदेशका सांसदहरुले घटनामा संलग्नलाई कडाभन्दा कडा कार्बाहीको माग गरेका छन । बिहीबारको संसद बैठकमा उनिहरुले यस्तो माग गरेका हुन । सांसदहरुले राधाको निशुल्क उपचार हुनुपर्ने, घटनाका दोषीलाई कानुन बमोजिम कार्बाही हुनुपर्ने माग गरेका छन । राधालाई भेटन सात नम्बर प्रदेशका अधिकांस सासदहरु अस्पताल पुगेका छन ।

मुख्य न्त्री त्रिलोचन भट्टले पनी घटनाले आफु निकै मर्माहत बनाएको बताएका छन । उनले दोषीलाई सरकारले छानबिन गरेर कार्बाही गर्ने बताएको उनको सचिबालयले जनाएको छ। चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । ।