एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेका छन् । स्लाभिया प्रागविरुद्धको तेश्रो मिनेटमा गोलको खाता खोल्दै मेस्सी लगातार गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।
आर्थरको पासमा प्रागका गोलरक्षक ओन्ड्रेज कोलरलाई बिट गराउँदै उनले गोल गरेका थिए । खेलमा उपहार गोलको मद्दतमा बार्सा २–१ ले विजयी बनेको छ । ५० औँ मिनेटमा प्रागका जान बोरिलले खेल बराबरीमा ल्याएका थिए ।
तर त्यसको ७ मिनेट नबित्दै पिटर ओलियन्काले आत्मघाती गोल गरेपछि बार्सा बिजयी बनेको हो । मेस्सीले सन् २००५र०६ को सिजनदेखि लगातार गोल गरिरहेका छन् । प्रागविरुद्धको गोलसँगै मेस्सीले क्रिस्टियानो रोनाल्डो र पूर्व रियल मड्रिड स्ट्राइकर राउलसँग कीर्तिमान बराबरीमा गरेका छन् ।
उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औँ फरक टोलीविरुद्ध गोल गरेका हुन् । यता सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान म्याचेस्टर युनाइटेडका रायन गिग्सको नाममा छ ।
२४ वर्ष रेड डेभिल्समा बिताएका गिग्सले १६ फरक सिजनमा गोल गर्दै कीर्तिमान आफनो नाममा राखेका हुन् । गिग्सले सन् २०१४ बाट व्यवसायिक फुटबलमा सन्यास घोषणा गरेका छन् ।
प्रतिक्रिया