काठमाडौं – फिफा वरीयतामा नेपालको अवस्था खस्किएको छ । नयाँ वरीयताअनुसार नेपाल ६ स्थान तल खसेर १ सय ६७ औँ स्थानमा पुगेको हो ।
दक्षिण एसियाली देशमा नेपालभन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५४ औँ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल झर्दै एक सय ६ स्थानमा छ ।
यस्तै नेपालभन्दा तल रहेका अन्य दक्षिण एसियाली देशहरुमा बंगलादेश तीन स्थान सुधार गर्दै एक सय ८४ औँ स्थानमा छ ।
भुटान एक सय ८९ औँ स्थानमा पुगेको छ । यस्तै पाकिस्तान दुई स्थान सुधार गर्दै दुई सय १ औं स्थानमा र श्रीलंका एक स्थान तल झर्दै दुई सय ३ स्थानमा पुगेको छ ।
प्रतिक्रिया