लरी भित्र भेटिएका ३९ वटै शव चिनियाँ नागरिकको भएको खुलासा

लरी भित्र भेटिएका ३९ वटै शव चिनियाँ नागरिकको भएको खुलासा


एजेन्सी – वेलायतको लन्डनमा एक लरी कन्टेनर भित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको बीबीसीले जनाएको छ । बुधबार ग्रेज के वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिकै एक लरी भित्र ३९ जनाको शव भेटिएको थियो ।

ट्रकमा ३९ जनाको लास देखेपछि प्रहरीनै आश्चर्यमा परेका थिए । हत्याको आशंकामा प्रहरीले कन्टेनर ड्राइभरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार २५ वर्षका कन्टेनर ड्राइभर उत्तरी आयरल्यान्डका हुन् ।

इसेक्स प्रहरीले दिएको जानकारी अनुसार उक्त लरी बुल्गारियाबाट आएको हा् । जुन शनिबार वेलायतको वेल्सको होलीहेडमा देखिएको थियो ।