५ बुंदे घोषणा पत्र जारी गदै सकियो भेटेरिनरी एसोसियसनको प्रादेशिक सम्मेलन

५ बुंदे घोषणा पत्र जारी गदै सकियो भेटेरिनरी एसोसियसनको प्रादेशिक सम्मेलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ -नेपाल भेटेरिनरी एसोसियसन प्रदेश नं ५ को प्रथम प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलन ५ बुदे घोषणा गदै सकिएको भेटेरिनरी एसोसियसनले जनाएको छ ।

सम्मेलनले डा. अर्जुन चापागाईंको अध्यक्षतामा ९ सदस्यीय प्रथम प्रादेशिक कमिटी सर्वसम्मतिले चयन गरेको छ । जसको उपाध्यक्षमा डा उत्तम आचार्य, सचिबमा डा सुन्दर बस्याल, कोषध्यक्षमा डा विरेन्द्र श्रेष्ठ, सहसचिबमा डा शंकर न्यौपाने, सदस्यहरुमा डा युवराज पन्थ, डा गिरिराज खनाल ् डा सजिता ज्ञवालीलाई चयन गरिएको जनाइएको छ ।

२५ फागुनमा बुटवलमा सम्पन्न भएको सम्मेलनमा प्रदेश न ५ का प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यता एवं प्रादेशिक सम्मेलन संयोजक डा. कृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रदेश सरकारका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, प्रदेश नं ५ का सचिव यमनारायण देवकोटाको, नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रीय अध्यक्ष डा. शितल काजी श्रेष्ठ, नेपाल पशु चिकित्सा परिषदका सदस्य डा नारायण न्यौपाने, पक्लिहवा कृषी क्याम्पस प्रमुख डा कन्हैया प्रसाद सिंह , जिपसेका प्रमुख डा विनय कर्ण लगायतको उपस्थिति रहेको थियो ।