अमेरिकी राजदूतले यसरी गरे लक्ष्मीपूजा (फोटोफिचर)

अमेरिकी राजदूतले यसरी गरे लक्ष्मीपूजा (फोटोफिचर)


काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरी नेपालका हरेक संस्कृतिसँग रमाउँदै आएका छन् । उनले नेपालीका हरेक चाडपर्वलाई महत्वका साथ मनाउँदै आएका छन् । बेरीले यो वर्षको तिहार पनि भव्यताका साथ मनाएका छन् । बेरीले आज कुकुर पुजा र लक्ष्मीपूजा गरेका छन् ।

उनले आइतवार लक्ष्मीपूजाका दिन आफ्नो निवासमा मण्डला बनाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । उनले दीप र फूलहरुको पर्व तिहार मनाउन उत्साहका साथ लागेका छन् ।

उनले काठमाडौंस्थित आफ्नो निवास फूलमाला सजाएर झकिझकाऊ मात्रै बनाएका छैनन् दीपहरुले पनि उज्यालो बनाएका छन् । राजदूत बेरीले आफ्नो निवास भित्रको कोठामा पालकमा बत्ती बालेर सबैलाई शुभकामना दिएका छन् ।

अमेरिकी दूतावासले आफ्ना कर्मचारीले देउसी खेलिरहेको भिडियो यसअघि नै सार्वजनिक गरेको थियो । जहाँ अमेरिकन नागरिकले देउसी भट्याइरहेको हेर्न सकिन्छ । राजदूत बेरीले आफुले लक्ष्मीपूजाका लागि घरमा मण्डला बनाएको पनि बताएका छन् ।

‘म मेरो टिमसहित मण्डला बनाउन जुटेको छ । हाम्रो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको छ’, उनले ट्विटरमा भनेका छन्, ‘तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ । दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना !’