विश्व सैन्य शक्तिमा नेपालको पनि आयो नाम, अमेरीका पहिलो, दोस्रोमा रसिया

विश्व सैन्य शक्तिमा नेपालको पनि आयो नाम, अमेरीका पहिलो, दोस्रोमा रसिया


काठमाडौं– ग्लोबल फायर पावरले सन् २०१७ को सैन्य शक्ति सूची प्रकाशित गरेको छ । विश्व सुरक्षा फौजको शक्ति विश्लेषण गर्ने अनुसन्धान संस्था ग्लोबल फायर पावरले सार्वजनिक गरेको सुचिमा नेपाल पहिलोपटक परेको हो ।

सुचिका अनुसार नेपाल ९७ औं स्थानमा छ । पुछारमा भुटान छ । १३३ देश सामेल रहेको सूचीमा यसअघि जस्तै अमेरिका पहिलो नम्बरमा परेको छ । दोस्रोमा रसिया परेको छ भने नेपालका दुइ छिमेकी चीन र भारत क्रमश तेस्रो र चौथो स्थानमा परेका छन् ।

नेपालभन्दा कमजोर ३६ वटा देश रहेको सूचीमा उल्लेख छ । यसमा परम्परागत युद्ध हतियार र उपकरणको मात्र विश्लेषण गरिएको छ । परमाणु हतियार सामेल छैन । सूचीमा उल्लेख भएअनुसार पाकिस्तान विश्वका १३ औ सैन्य शक्तिशाली देश हो जहाँको रक्षा बजेट सात अरव डलर हुने गरेको छ । सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार छ भने तीन लाख रिजर्भ सैनिक रहेका छन् ।

नेपालको अवस्था के ?

सेनाको वर्गीकरण र विश्लेषणका आधारमा नेपाली सैनासँग हवाई सैन्य शक्ति नरहे बराबर छ तर स्थल सेनाकै भरमा नेपालको वर्गीकरण गरिएको हो । नेपाली सेनासँग कूल १ लाख ५७ हजार सैन्य जनशक्ति छ । यसमा क्रियाशिल करिब ९५ हजार र ६२ हजार रिर्जव रहेका छन् ।

२२ वटा सैन्य विमान र हेलिकोप्टरमा १८ वटा चालु अवस्थामा छन् । नेपाली सेनासँग १ हजार ४८० बख्तरबन्द लडाकु सवारी साधन र १२० आर्टलरी रहेका छन् । नेपाली सेनामा भर्ना योग्य जनशक्ति तयारी अवस्थामा ७ लाख ५० हजार रहेको सुचिमा उल्लेख छ ।