एजेन्सी – इंग्लिस प्रिमियर लिग खेल्ने क्रममा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजको खट्टा भाँचिएको छ ।
लिगअन्तर्गत आइतबार राति भएको टोटनह्यामविरुद्धको खेलमा उनलाई टोटनह्यामका दक्षिण कोरियाली स्ट्राइकर सन हेउन मिनले पछाडीबाट ट्याकल गरेपछि उनी खेल मैदानमा ढलेका थिए । सोही क्रममा गोमेजको दाहिने खुट्टाको गोलिगाँठो भाँच्चिएको छ ।
गम्भिर घाइते भएका गोमेजलाई स्टेचरमा राखिएर मैदान बाहिर निकालिएको थियो । ट्याकलका कारण पाउनको सोमबार शल्यक्रिया गर्ने बताइएको छ ।
प्रतिक्रिया