रसुवाबाट सुन तस्करी बढेपछि सेनाले सुरु गर्यो कडा चेकजांच

रसुवाबाट सुन तस्करी बढेपछि सेनाले सुरु गर्यो कडा चेकजांच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा– नेपाली सेनाले रसुवामा सुन तस्करी बढेपछि सरकारी र अन्तर्राष्ट्रिय नियोगका गाडीको जंँच सुरु गरेको छ । रसुवागढी नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि नेपाली सेनाले राजमार्गमा गुड्ने गाडीको चेक जांच सुरु गरेको हो ।

 

 

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सवारी साधनमाथी निगरानी बढाएको हो । सोमबार रसुवा हुदै काठमाडौं पुगेको अवैध ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले पक्राउ परेपछि सेनाले पनि चेकजांच सुरु गरेको हो ।

 

 

यसअघि नेपाली सेनाले निजी गाडीको मात्र जांच र दर्ता गर्ने गरेको थियो । नाकामा सुन तस्करी बढेको र यसमा सरकारी गाडीको समेत दुरुपयोग हुनसक्ने देखिएपछि राजमार्गमा गुड्ने सरकारी र  निजी गाडीको समेत जाँच तथा इन्ट्री गर्ने कार्यको सुरु गरिएको गणले जनाएको छ ।

 

८८ किलो सुन प्रकरणमा सीमामा मात्र गाडीको दर्ता हुनुले नम्बर प्लेट समेत परिवर्तन भएको हुनसक्ने आशंकामा सेनाले बिलबुकको र गाडीको नम्बर फरक भए नभएको भनेर एकिन गर्नका लागि जाँचको थालनी गरेको छ ।

 

वन्यजन्तुको ओखेटोपहारको ओसारपसार नियन्त्रण र वनवन्यजन्तुको संरक्षणका लागि खटिएकोले सुन पक्राउ गर्न नमिल्ने र सुन आएको थाहा पाएमा सम्बन्धित निकायमा खबर गर्ने कार्य गर्ने गणले जनाएको छ ।