वृहस्पतिको आयोजनामा सम्पन्न फुटबलको उपाधी एलए र सेन्टजेभियरको कब्जामा

वृहस्पतिको आयोजनामा सम्पन्न फुटबलको उपाधी एलए र सेन्टजेभियरको कब्जामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वृहस्पति विद्या सदनले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ एल ए र छात्रातर्फ सेन्ट जेभियरले उचालेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ  अरुणीमालाई १ गोलले पराजित गर्दै सेन्ट जेभियरले उपाधी उचालेको हो सेन्ट जेभियरकी किम्ती श्रेष्ठले टिमका लागि निर्णायक  गोल गरिन् ।

 

 

त्यस्तै, छात्रतर्फ एलएले उपाधि जितेको छ । रोजबर्डलाई २ गोलले पराजित गर्र्दै एलएले जित हात पारेको हो । रोजबर्ड र एलएबीचको खेल निर्धारित समयमा गोल नभएपछि पेनाल्टी सुटआउटमा गएर टुंगिएको थियो ।

 

 

छात्रतर्फ उपाधी जित्ने समुहलाई वृहस्पति विद्या सदनका प्रमुख सल्लाहकार मुरारी निधि र छात्रातर्फ पुरस्कृत समुहलाई  प्रमुख निर्देशन प्रविनराज जोशी र प्रधानाध्यापक सुमन थिङ लामाले सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

जसमा छात्रतर्फ एल ए का सम्राट लिम्बु र छात्रातर्फ सम्भारिका क्षेत्री उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै, छात्रातर्फ एल ए र छात्रतर्फ सेन्ट जेभियर फेयर टिम घोषित भएका छन् । छात्रतर्फ १२ र छात्रातर्फ ८ समुहको सहभागिता थियो ।