काठमाडौं – भारतको सर्वोच्च अदालतले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिँदै विवादास्पद भनिएको सोहि स्थानमा मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ ।
५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन भारतको सर्वोच्च आदेश दिएको छ ।
अवको ३ महिनाभित्र राम मन्दिर बनाउने प्रक्रिया थाल्न एक ट्रस्ट बनाएर काम थाल्न पनि अदालतले आदेश दिएको छ ।
अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्मोही अखडालाई नबाड्न समेत आदेश दिएको छ । यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिएको छ ।
भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ ।
प्रतिक्रिया