चुनावलाई मध्यनजर गर्दै मधेषमा सेनाले गर्यो जनताको मन जित्ने यस्तो काम

चुनावलाई मध्यनजर गर्दै मधेषमा सेनाले गर्यो जनताको मन जित्ने यस्तो काम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनलाई मध्यनजर गरेर सडक र बाटो निर्माण कार्यलाई तिब्रता दिएको  छ । सेनाले गत श्रावणमा परेको अविरल वर्षाको कारण आएको वाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरेको जनाएको छ ।

 

आगामी असोज २ गते हुने चुनावमा सर्वसाधारणलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुंच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसंगको सहकार्यमा सेनाले मर्मत कार्य अघि बढाएको हो ।  सेनाको पुर्वी पृतनाबाट खटिएको टोलीले सप्तरी,सिराह,बारा, रौतहट र धनुषा जिल्लाको विभिन्न ठाउमा भत्किएका सडकको निर्माण र मर्मत कार्यलाई तिव्रता दिएको हो ।

 

सेनाले राजविराज स्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतीग्रस्त सडकमा परेका खाल्टाहरुमा माटो तथा गिट्टी भरी सवारी साधन सुचारु गराएको छ । त्यसैगरी हनुमाननगर कंकालिनी ईलाकामा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षती भएको सडकमा पनि माटो तथा गिट्टी भरी मरामत कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।

 

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार सेनाले सिराहको सिराह नगरपालिकामा रहेको गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार, बेतुना गुर्धाम र भगवानपुर ईलाकाको क्षतीग्रस्त सडक खण्डमा बालुवा तथा माटो भर्र्ने कार्य सम्पन्न गरी उक्त जिल्लाहरुको मतदान केन्द्रहरुसम्म आवत जावत सहज बनाउन मद्धत गरेको छ ।  

 

 

यसैगरी नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले बाराको कलैया उपमहानगरपालिकामा र ब्रन्हपुरी ईलाकामा क्षतीग्रस्त ३ किलो मिटर कच्चि सडक खण्डमा माटो तथा ढुंगा भरेको र पर्सा जिल्लाको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर ईलाकामा बाढीले क्षती पु¥याएको कच्ची सडकको समेत मरामत गरेको जनाइको छ ।

 

 साथै, रौतहट जिल्लाको राजपुर नगरपालिकाको महेशपुर ईलाकाको २१५ मिटर कच्ची सडक खण्डमा समेत माटो भरी सेनाले सडक सुचारु गराएको छ ।  नेपाली सेनाका पूर्वी पृतनापति उपरथी गौरव तण्डुलले  सिराह तथा सप्तरीमा भईरहेको सडक तथा पहुंच मार्ग मरामतको प्रगतिको निरीक्षण समेत गरेका छन् ।