अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्षीया सेफालीले तोडिन् सचिन तेण्डुकरको रेकर्ड

अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्षीया सेफालीले तोडिन् सचिन तेण्डुकरको रेकर्ड


एजेन्सी – भारतकी १५ वर्षीया सेफाली वर्माले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरले ३० वर्षअघि बनाएको रेकड तोड्दै उनी भारतका लागि अर्ध सतक रन हान्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।

रोहतक हरियाणाकी वर्माले शनिबार सेन्ट लुसियामा भएको वेस्ट इन्डिजविरूद्धको टी–ट्वान्टी खेलमा अर्धसतक हानेकी छन् । अर्धसतक हान्दा उनी १५ वर्ष २८६ दिनकी भएकी थिइन् ।

यसअघि भारतका लागि सबैभन्दा कम उमेरमा अर्धसतक हानेको रेकर्ड सचिन तेन्दुलकरका नाममा थियो । सचिनले १६ वर्ष २१४ दिनको हुँदा पाकिस्तानविरूद्ध भारतका लागि अन्तर्राष्ट्रिय अर्धसतक हानेका थिए ।

शनिबार वेस्ट इन्डिजविरूद्ध सेफालीले ४९ बलमा ७३ रन हानिन् । उनले ४ छक्का र छ चौका प्रहार गरिन् । उक्त खेल भारतले ८४ रनले जित्यो । शनिबारको अर्धसतकसँगै उनी कम उमेरमा टि–ट्वान्टीमा अर्धसतक हान्ने संसारकै दोस्रो कान्छी खेलाडी बनेकी छन् ।  वेस्ट इन्डिजसँगकै अर्को खेलमा उनले आइतबार उनले ३५ बलमा अविजित ६९ रन हानेकी छन्।