संसद बैठकमा सत्तारुढ दलकै सांसद उत्रिए गृहमन्त्रीको विरोधमा

संसद बैठकमा सत्तारुढ दलकै सांसद उत्रिए गृहमन्त्रीको विरोधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ –गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा नियमविपरीत हस्तक्षेप गरेको भन्दै व्यवस्थापिका संसद बैठकमा उनको चर्को आलोचना भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय छापामारशैलीमा सञ्चालन गरेको आरोप लगाएका छन ।

 

व्यवस्थापिका संसदमा विशेष समय लिएर शुक्रबार बोल्दै उनले गृहमन्त्रीले प्रहरी संगठन सुदृढ गर्नुको साटो ध्वस्त बनाउन केन्द्रित रहेको आरोप लगाए । उनले गृहमन्त्रीले नियुक्त गरेका सुरक्षा सल्लहकारले भुमिगत शैलीमा प्रहरी संगठन चलाई रहेको भन्दै त्यसमा समेत आपत्ती जनाए ।  

 

गृहमन्त्री शर्माले नियुक्त गरेको आन्तरीक्ष्क सुरक्षा विज्ञ अवकासप्राप्त एआईजी सुरेन्द्र बहादुर शाहले प्रहरीको सरुवा बढुवामा प्रहरी मुख्यालयलाई अनावश्यक दबाव दिएको भन्दै आलोचना भइरहेको छ ।

 
ब्यवस्थापिका बैठकमा जवाफल दिदै गृहमन्त्री शर्मा ।

 

खतिवडाले प्रदेश र संघियताका नाममा आफ्ना मान्छे राख्न हचुवाका भरमा गृहमन्त्रालयले एआईजी खटाएको भन्दै  उनले गृहमन्त्री शर्माले नाता र दाताका कारण सरुवा बढुवा गरेको आरोपसमेत लगाए । प्रमुख जिल्ला अधिकारीहरु पनि एक महिना नपुग्दै सरुवा गरेर मन्त्री शर्माले मनोमानी गरेको खतिवडाको आरोप थियो ।  

 

संसद बैठकमा जवाफ दिदै गृहमन्त्री शर्माले प्रहरीको सरुवा–बढुवा नितीसंगत ढंगले भएको दावी गरेका छन् । उनले प्रहरीको सरुवाको बारेमा सधै उठ्ने प्रश्नको हल गर्न ऐन ल्याउने तयारी भएको समेत जानकारी दिए ।

 

गृहमन्त्री शर्माले व्यवस्थापिका बैठकमा जवाफ दिदै भने ‘प्रहरीको बढुवा नितिसंगत ढंगले भएको छ, बढुवा भएका प्रहरी मेरो नातेदार होईनन,  कोही आफ्ना मान्छे बढुवा भएका पनि छैनन्, न त सिभिल कुनैलाई प्रहरीमा पनि बढुवा गरीएको छ ।’  उनले प्रहरीको बढुवा सरुवामा आफ्नो कुनै हस्तक्षेप समेत नभएको दाबी गरे ।