पाकिस्तानी सेना प्रमुखबाट आयो कश्मिरबारे सनसनीपूर्ण भनाई

पाकिस्तानी सेना प्रमुखबाट आयो कश्मिरबारे सनसनीपूर्ण भनाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले कश्मीर मुद्दाको समाधान राजनीतिक र कुटनीतिक स्तरबाट हल गर्नुपर्ने बताएका छन् । पाकिस्तानी सेनाका जनरलबाट कश्मिर मुद्दा शान्तीपुर्ण तरिकाले समाधन गर्नुपर्ने धारणा आएको भने यो पहिलो पटक हो । विगत २० वर्षयता कुनै पनि पाकिस्तानी सेनाका जनरलले कश्मिर मुद्दाका सम्बन्धमा दिएको यो लचिलो बयान हो ।

 

 

रक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बाजवाले दुवै देशको प्रगतीको लागी पनि कश्मिर मुद्दाको राजनीतिक र कुटनीतिक स्तरमा हल खोज्नुपर्ने बताएका छन् ।  उनले कश्मिरमा सेना थुपारेर दुवै देशका लाखौ जनताको हित नुहने दाबी समेत गरेका छन् ।

 

 

पाकिस्तानी सेना प्रमुख बाजवाले पाकिस्तानले दक्षिण एसियामा परमाणु हतियार लिएर नआएको भन्दै आफ्नो देशको परमाणु हतियारले कुनै पनि मुलुकलाई नोक्सान नहुने बताए । उनले सुपर पावर मुलुकले गरेको युद्धले पाकिस्तानले आंतकवाद,उग्रवाद र आर्थीक रुपमा नोक्सान ब्यहोरेको दाबी गरेका छन् ।  

 

जनरल बाजवाले पाकिस्तानको भुमी कुनै अर्को देशको विरुद्धमा दुरुपयोग हुन नदिने भन्दै त्यस्तै अपेक्षा छिमेकीबाट पनि पाकिस्तानले गरेको बताए ।