विवाह गर्दै आँचल शर्मा !

विवाह गर्दै आँचल शर्मा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित नायिका आँचल शर्माले विवाह गर्ने भएकी छन् । एक वर्षदेखि डा.उदीप श्रेष्ठको प्रेममा रहेकी आँचलले एक अन्तर्वार्तामा आफुले विवाह गर्न लागेको बताएकी हुन् । तर विवाह गर्ने भनेपनि मिति भने खुलाएकी छैनन् ।

उदीपको तारिफ गरेर नथाक्ने आँचलले भिडियो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् ।

गत साता पोखरामा ब्याचलर पार्टी दिएकी नायिका ऋचा शर्मा पनि अहिले बिबाह तयारीमा जुटेकी छन् ।