विमान दुर्घटनाः ३३ जना नेपाली, २० जनाको मुत्यु, १२ जना घाइते

विमान दुर्घटनाः ३३ जना नेपाली, २० जनाको मुत्यु, १२ जना घाइते


काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौँबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो ।

विमानमा ३३ जना नेपाली

दुर्घटनाग्रस्त युएस बंगलाको विमानमा ३३ जना नेपाली रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। बिमानमा कुल ७१ जना थिए यसमध्ये चार जना चालक दलका सदस्य हुन्।

बिमानमा लागेको आगो नियन्त्रण भइसकेको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका २५ जनालाई अस्पताल पुर्याइएको छ। बिमानमा दुई जना वालवालिका थिए। हाल बन्द रहेको बिमानस्थल उद्धार कार्य सकिएपछि खुलाइने प्राधिकरणले जनाएको छ।

२० जनाको मुत्यु, १२ जना घाइते

युएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ । स्रोतका अनुसार शवलाई अहिले दुघटनास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ. घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिएका छन् ।

गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरे ।

दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।

पाइलटको शव २ सय मिटर टाढा भेटियो, को–पाइलट अस्पताल भर्ना !

दुर्घटनाग्रस्त विमानको मुख्य चालक महिला भएको बुझिएको छ । उनको शव विमान दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर टाढा डडेको अवस्थामा भेटिएको छ । उनी बंगाली नागरिक भएको बताइएको छ । अर्को को–पाइलटको भने उपचार भइरहेको छ । को–पाइलट भने पुरुष हुन् ।