मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री पुगे विमान दुर्घटनास्थलमा

मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री पुगे विमान दुर्घटनास्थलमा


काठमाडौँ – त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरे ।साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।