विमानस्थल बन्द अनिश्चित कालका लागि बन्द, अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’

विमानस्थल बन्द अनिश्चित कालका लागि बन्द, अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकै युएस–बंगला एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल बन्द गरिएको छ । आन्तरिक तर्फको सेवा पनि बन्द गरिएको छ ।

जहाज दुर्घटनाका कारण काठमाडौँ आउनका लागि आकाशमा उडिरहेका सात वटा अन्तर्राष्ट्रिय फ्लाइट डाइभर्ट भएका छन् । नयाँ दिल्लीबाट काठमाडौँबाट आउँदै गरेको एयर इन्डियाको एआई २१५, मस्कटबाट आइरहेको डब्लुवाई ३३७, आबुधाबीबाट आएको इतेहाद एयरवेजको ईवाई २९०, दोहाबाट आएको कतार एयरवेजको क्युआर ६६४ डाइभर्ट भएका छन् ।

यसैगरी कुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको एमयु ७५७ तथा कोलकाताबाट आएको एयर इन्डियाको आई २४७ डाइभर्ट भएको छ ।