चीनको असल मित्र हुं,भारतको बिरोधी होईन– एमाले अध्यक्ष ओली

चीनको असल मित्र हुं,भारतको बिरोधी होईन– एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशको चुनावमा आफ्नो पाटी पहिलो हुने दावी गरेका छन् । एपीवान टेलिभिनलाई शनिवार राति एक घण्टा अन्तरवार्ता दिंदै ओलीले मंसिरपछि देशमा सवैतिर एमालेले बहुमतको सरकार बनाउने दावी गरे ।

 

उनले मंसिरपछि सात वटै प्रदेशमा एमालेको सरकार बन्ने दाबी अव सबैले यो सुन्ने बानि बसाल्नुपर्ने समेत बताए ।  ओलीले भने ‘मंसिर १० गते हुने प्रतिनिधिसभा र मंसिर २१ गते हुने प्रदेश सभाका निर्वाचनमा एमालेको बहुमत आउछ,केन्द्रमा एमालेले बहुमतको सरकार बनाउछ’ ।

 

 

उनले आफु चीनको असल मित्र भएको भन्दै भारतको समेत विरोधी नभएको बताए । आफु प्रधानमन्त्री हुदा चीनसंग गरेका सम्झौता राष्ट्रको हितमा भएको भन्दै त्यसको फाइदा मुलुकले छिट्टै पाउने ओलीको दावी दियो ।