अमेरिका विश्वकै ठूलो अस्थिरताको स्रोत : चीन

अमेरिका विश्वकै ठूलो अस्थिरताको स्रोत : चीन


एजेन्सी – अमेरिका विश्वकै ठूलो अस्थिरताको स्रोत भएको चिनियाँ सरकारका वरिष्ठ कुटनीतिज्ञले जापानमा आयोजना भएको जी–२० को बैठकमा बताएका छन् ।

नमिठो व्यापार युद्धका बीचमा विश्वका दुई ठूला अर्थतन्त्रको सम्बन्ध सतहमै आएको समयमा चीनकोतर्फबाट यस्तो अभिव्यक्ति आएको हो । मानव अधिकार, हङकङ, चीनले दावी गर्दै आएको ताइवानलाई अमेरिकी समर्थनका कारण यी दुई मुलुकबीचको सम्बन्ध नराम्रो भएको हो ।

जापानी सहर नागोयोमा आयोजना भएको जी–२० का विदेश मन्त्रीहरुको बैठकको साइडलाइनमा डच विदेश मन्त्री स्टेफ ब्लोकसँग कुरा गर्दै चिनियाँ स्टेट काउन्सीलर वाङ यी ले अमेरिका बिरुद्ध यस्तो आलोचना गरेका हुन् ।

‘अमेरिका व्यापक रुपमा एक पक्षिय र संरक्षणवादमा लागेको छ । यसले बहुपक्षिय र बहुपक्षिय व्यापार प्रणालीलाई क्षति पु¥याएको छ । अमेरिका पहिलेन विश्वकै ठूलो अस्थिर तत्व बेनेको छ,’ वाङलाई उद्र्धृत गर्दै चीनको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाले राजनीतिक उद्देश्य प्राप्तिका लागि चिनियाँ व्यवसाय दबाउन राज्यको संयन्त्र प्रयोग गरिरहेको र उनीहरुमा आधारहिन आरोपहरु लगाएको उनले बताए । ‘केही निश्चित अमेरिकी राजनीतिज्ञहरुले चीनलाई विश्वभरीनै हिलो छ्याप्ने काम गरिरहेका छन्, तर प्रमाण दिन सकेका छैनन्,’ उनको कटाक्ष थियो ।

‘चीनको आन्तरिक मामिलामा निर्दयीपूर्ण तरिकाले हस्तक्षेप गर्नका लागि अमेरिकाले घरेलु कानुनको प्रयोग गरिरहेको छ । जसले एक मुलुक दुई व्यवस्था र हङकङको स्थायित्व र समृद्धिमा क्षति पु¥याइरहेको छ,’ उनको भनाई थियो ।