काठमाडौँ – त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सोमवार भएको विमान दुर्घटनामा परी चालकदलका चारै सदस्यको मुत्यु भएको छ । विमानचालक आबिद सुल्तानको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
यूएस–बंगला एयरलाइन्सका माकेटिङ सपोर्ट तथा पीआर जनरल म्यानेजर मोहम्मद कामरुल इस्लामले मृत्युको पुष्टि गरे । अन्य दुई क्याबिन सदस्यहरू कोपाइलट पृथुला राशिद र ख्वाजा हुसेनको दुर्घटनास्थलमै मृत्यु भएको थियो । शमिम अख्तरले पनि दुर्घटनामा परी ज्यान गुमाए ।
आबिद सुल्तान एक अनुभवी पाइलट थिए र उनले पाँच हजार घन्टा विमान उडाएका थिए । दुर्घटना भएको विमान नै उनले १७ सय घन्टा उडाएका थिए । यात्रु र क्रूमेम्बरमध्ये ३६ जना बंगलादेशका, ३३ जना नेपालका, एकजना चीनका र अर्का एकजना मलेसियाका छन् ।
प्रतिक्रिया