धुम–२ को स्टाइलमा चोरी भयो अर्बौको गहना 

धुम–२ को स्टाइलमा चोरी भयो अर्बौको गहना 


एजेन्सी – जर्मनीको एक म्यूजियममा फिल्मी स्टाइलमा अर्बौको गहना चोरी भएको छ । चोरले म्यूजिममा रहेको अत्यन्त महँगो हिराको गहना चोरी गरेको हो । यो घटना जर्मनीको ड्रेस्डनको ग्रीन वाल्ट म्यूजियममा भएको हो ।

बलिउड फिल्म धुम–२ को जस्तै गरी विश्वकै ठूलो चोरीलाई अन्तिम रुप दिइएको बताइएको छ । यो घटना सार्वजनकि भएपछि पुरै सहरमा सनसनी पैmलिएको छ । म्यूजियम रेखदेख गर्ने अधिकारीका अनुसार चोरी गरिएको गहना यति महँगो थियो कि यसको मूल्य बताउनै गाहे छ । उपलव्ध जानकारी अनुसार चोरल बिजुली काटेर चोरी गरेका थिए । पछि मात्रै यो विश्वकै ठूलो चोरीको घटना भएको थाहा हुन आयो ।

यो चोरीलाई पोस्ट वार इतिहासपछिकै विश्वकै सबैभन्दा ठूलो चेरी मानिएको छ । चोरल युरोपको ट्रेजर कलेक्सनमा रहेको १० हिराको गहना सेटमध्य तीन सेट पनि चोरी गरेका छन् । ग्रीन वाल्ट म्यूजियममा सयौ गहना रहेका छन् । द गार्जियनका अनुसार चोरले सोमबार बिहान पावर सप्लाई काटेको तथा सुरक्षा अलार्म नबजोस भनेर आगोको प्रयोग गरेका थिए । यसपछि चोरले म्यूजियममा फलामको ग्रील निकालेर पसेका थिए । यसपछि उनीहरुले पहिलो तलाको भ्mयालको सीसा फुटाएका थिए ।

बीबीसीका अनुसार चोरि गरिएको हिराको गहना सेट ३७ हिस्साबाट बनेको थियो । ड्रेस्डन स्टेट आर्ट कलेक्सनका निर्देशक मारियन एकरम्यानका अनुसार चोरी गरिएको गहनाको सम्भावित मूल्य बताउन सम्भव छैन । “यसको मूल्य बताउन सकिदैन । किनकी यो बिक्री गर्न असम्भव रहेको छ,” उनको भनाई थियो । जर्मन प्रहरीले पनि चोरीको घटना पुष्टि गर्दै हालसम्म पनि चोर फरार भएको बताएको छ ।