एजेन्सी – पाकिस्तानी सर्वोच्च अदालतले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल विस्तार रोकेको छ । यसका साथै सर्वोच्च अदालतले जनरल बाजवा समेत सबै पक्षलाई सूचना पनि जारी गरेको छ ।
जनरल बाजवा २९ नोभेम्बरमा सेवा निवृत्त हुने समय निर्धारित थियो । अब यो मामिलाको सुनुवाई बुधबार सम्मका लागि स्थगित गरिएको छ । पाकिस्तानी सेना प्रमुख जावेद बाजवाको कार्यकाल विस्तारलाई लिएर सरकारकोतर्फबाट गरिएको प्रक्रियामा सवाल उठाउदै पाकिस्तानका मुख्य न्यायाधीश आसिफ साइद खोसाको अगुवाइमा ३ सदस्यीय बेन्चले सरकारी अधिसूचनाको निलम्वन गरेको थियो ।
साथसाथै अदालतले सेना प्रमुख सहित सबै पक्षलाई सूचना गारी गरेको छ र भोली सम्मका लागि सुनुवाई स्थगित गरेको छ । अदालतले चीफ अफ आर्मी स्टाफलाई ३ वर्षसम्म कार्यकाल विस्तारको मंजुरी दिने प्रधानमन्त्रीको अधिकारमा सवाल उठाइएको छ ।
जसमा पाकिस्तानी राष्ट्रपतिले केवल अधिसूचना मात्रै जारी गर्न सक्ने भनिएको छ । २०१९ को अगस्टमा प्रधानमन्त्री इमरान खानले यसलाई मंजुरी दिँदै अधिसूचनालाई राष्ट्रपती समक्ष पठाएका थिए । उक्त सूचनालाई राष्ट्रपति डा. आरिफ अल्वीले आफ्नो सहमती दिएका थिए ।
प्रतिक्रिया