पाकिस्तानमा जागिर नछोडेको भन्दै पत्रकार श्रीमतीको हत्या

पाकिस्तानमा जागिर नछोडेको भन्दै पत्रकार श्रीमतीको हत्या


लाहोर – पाकिस्तानका एक पत्रकारले आफ्नै पत्नीको हत्या गरेका छन् । जागिर छोड्न नमानेपछि उनले पत्नीको हत्या गरेका हुन् । यी दम्मतीको विवाह सात महिना पहिले भएको थियो । तर विस्तारै सम्बन्ध खराब हुदै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या भएकी महिला पत्रकार उर्दु समाचारपत्रमा काम गर्ने गरेको प्रहरी अधिकारीले बताएका छन् । उनका अनुसार जब उनी सोमबार किला गुज्जर सिंहस्थित आफ्नो कार्यालयमा प्रवेश गरिन्, उनका पती दिलावर अलीले उनको टाउको गोली हानेका थिए । यसपछि इकबाललाई अस्पताल लगिएपनि उनलाई बचाउन भने सकिएन ।

प्रहरीका अनुसार पीडितका भाइ यासिर इकबालको उजुरीमा पती बिरुद्ध मुद्धा दायर गरिएको हो । अली अर्को उर्दु समाचारपत्रमा काम गर्दै आएका छन् ।

उनीहरुबीच प्रेम विवाह भएका विवाहको लगत्तै कैयौं विषयलाई लिएर झगडा सुरु हुन थालेको थियो । यो झगडा बारम्बार जागिर छोड्ने विषयसम्म पुगेको र नमानेपछि हत्याको अवस्थासम्म पुगेको थियो ।