वसिङटन – अमेरिकामा नागरिकताको विषयलाई लिएर ट्रम्प प्रशासनको कडा नियमका बावजूद मेक्सिको, भारत तथा चीनका मानिसमा ग्रीन कार्ड पाउने लालसा अझै रहँदै आएको छ ।
पछिल्लो आंकडाका अनुसार परिवार प्रायोजित (फेमिली स्पोन्सर) ग्रीन कार्डको वेटिङ लिस्टमा ४० लाख पुगेका छन् । ग्रीन कार्डको वेटिङ लिस्टमा सबैभन्दा बढी मेक्सिकोको १५ लाख नागरिक रहेका छन् । दोस्रो स्थानमा भारतका रहेका छन् ।
यो मुलुकका २ लाख २७ हजार नागरिक परिवार प्रायोजित ग्रीन कार्डको पर्खाइमा रहेका छन् । तेस्रो स्थानमा चीन रहेको छ । याहाँका १ लाख ८० हजार मानिस ग्रीन कार्डका लागि कुरेर बसिरहेका छन् ।
के हुन्छ ग्रीन कार्डको फाइदा ?
ग्रीन कार्डवाहकलाई अमेरिकाको वैध स्थायी निवासीको मान्यता मिल्छ । यसको माध्यमबाट कुनै पनि व्यक्ति कानुनी रुपमा अमेरिकामा बसेर काम गर्न सक्छ । यो नागरिकता प्राप्त गर्ने पहिलो कदम हो ।
अमेरिकाले प्रत्येक वर्ष २ लाख २६ हजार परिवार प्रायोजित ग्रीन कार्ड जारी गर्दै आएको छ । यो ग्रीन कार्ड अमेरिकामा नागरिकता प्राप्त भइकेका परिवारका नातेदारलाई दिइन्छ ।
ट्रम्प परिवार फेमिली स्पोन्सर ग्रीन कार्डको बिरुद्धमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवार प्रायोजित ग्रीन कार्डको बिरुद्धमा रहेका छन् । विभिन्न अवसरमा ट्रम्पले मानिसले अमेरिकाको नागरिकता प्राप्त गरिसकेपछि उनीहरुले आफन्तलाई पनि अमेरिका बोलाउने गरेको आरोप उनले लगाएका छन् । उनले यसलाई चेन इमिग्रेसनको संज्ञा दिएका छन् ।
यद्यपि विपक्षि डेमोक्र्याट पार्टी यो व्यवस्थालाई आवश्यक मान्छ । डेमोक्र्याट नेताका अनुसार यसबाट अमेरिका निवासीलाई बिना रोकतोक आफ्नो परिवारसँग भेट्ने अवसर मिल्छ ।
अमेरिकाले प्रत्येक वर्ष करीब ११ लाख विदेशीलाई ग्रीन कार्ड दिन्छ । ग्रीन कार्ड पाउनेले अमेरिकामा स्थायी रुपमा काम गर्ने अनुमती पाउछन् । हालको समयमा ६६ प्रतिशतभ ग्रीन कार्ड परिवारको सम्बन्धको आधारमा दिइन्छ ।
केबल १२ प्रतिशत मानिसलाई मात्रै योग्यताको आधारमा यो कार्ड दिने अनुमती दिइएको छ । ट्रम्प प्रशासन यसमा हेरफेर गर्न चाहन्छ । अमेरिकी सरकार योग्यताको आधारमा दिने भिसाको कोटा १२ प्रतिशतबाट बढाएर ५७ प्रतिशत पुर्याउन चाहन्छ ।
प्रतिक्रिया