काठमाडौं – फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झर्दै १७० औं स्थानमा पुगेको हो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत १ सय आठौं र १ माल्दिभ्स सय ५५ औं स्थानमा रहेको छ ।
यस्तै बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ ।
विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया