एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार अचानक अफगानिस्तान पुगेका छन् । थ्याङ्सगिभिङको अवसरमा ट्रम्प फ्लोरिडा जान लागेका थिए । तर उनले एकाएक आफ्नो योजना बदलेर अफगानिस्तान पुगका हुन् ।
‘तालिबानले सम्झौता गर्ने इच्छा व्यक्त गरेका छन्,’ ट्रम्पले बाग्राम एयरबेसमा आफ्नो पहिलो अफगानिस्तान भ्रमणको समयमा बताए । त्याहाँ उनले अफगान राष्ट्रपति असरफ घानीसँग पनि भेटघाट गरेका थिए ।
शान्ति वार्त पुनः स्थापित गर्ने लक्ष्य सहित तालिबानसँगको कैदी बन्दी आदान प्रदान भएपछिको समयमा उनको यो थ्याङ्सगिभिङ भ्रमण भएको हो ।
अमेरिकाले सेनाको संख्यामा व्यापक कटौती गरेको पनि ट्रम्पले बताए ।
२००१ को सेप्टेम्बर ११ को आक्रमणपछि भएको अमेरिकी हस्तक्षेपपछि अफगानिस्तानमा १३ हजार अमेरिकी सेना रहदै आएका छन् ।
तलिबानले २ पश्चिमा विद्वानहरुलाई मुक्त गरेको केही सातापछिको अवधिमा ट्रम्पको भ्रमण भएको हो ।
‘हामी तालिबानसँग भेट्न गइरहेका छौ र युद्धबिराम हुनुपर्छ । उनीहरुले युद्धबिराम गर्न चाहेका थिएनन् । हाल उनीहरु युद्ध बिराम चाहिरहेका छन्,’ काबुल नजिकैको एयरबेसमा ट्रम्पले भने । यसले काम गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया