हङकङको विषयलाई लिएर चीन अमेरिकासँग ‘फायर’

हङकङको विषयलाई लिएर चीन अमेरिकासँग ‘फायर’


बेइजिङ – यदी अमेरिकाले हङकङका प्रदर्शनकारीलाई समर्थन जारी राख्यो भने अमेरिकाको बिरुद्धमा चीनले पनि जवाफी कदम उठाउने चेतावनी चीनले दिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो हङकङको समर्थनम मानव अधिकार र प्रजातन्त्र कानुनमा हस्ताक्षर गरेका थिए ।

यो कानुनका अनुसार अमेरिकाले चीनबाट हङकङको स्वायत्तता वास्तवमै रहिरहन्छ भन्ने विषयमा यसको वार्षिक समीक्षा गर्नेछ ।

अमेरिकाको यो कदमपछि चीनको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भनेको छ, ‘अमेरिकाले तथ्य नहेरेको मात्रै होइनकि त्यसलाई तोडमोड पनि गरिरहेको छ ।’

प्रवक्ताले आफ्नो बयानमा भनेका छन्,‘अमेरिका खुलममुला यस्तो अपराधीलाई समर्थन गरिरहेको छ, जसले तोडफोड गरिरहेका छन्, आगो लगाइरहेका छन्, निर्दोष नागरिकमाथि हमला गरिरहेका छन् तथा सामाजिक व्यवस्थालाई पनि नोक्सानी पु¥याइरहेका छन् ।’

यदी अमेरिका यस किसिमको गलत मार्गमा गइरहने हो भने चीन पनि जवाफी कदम उठाउन बाध्य हुने उनले बताए ।

हङकङमा हिंस्रक रुप लिइसकेको बिरोध प्रदशर्न सुरुवाती अवस्थामा अर्थात जुनमा यो विद्येयक प्रस्तुत गरिएको थियो ।

गत महिना अमेरिकी संसदमा लगभग सबै सांसदको समर्थन मिलेको थियो । या विद्येयकमा भनिएको छ,‘हङकङ चीनको भू–भाग हो, तर यसको कानुनी र आर्थिक व्यवस्था धेर हदसम्म चीन भन्दा फरक छ ।’

चीनले हङकङका नागरिकको स्वतन्त्रताको हनन् त गरिरहेको छैन वा हङकङका नियम अनुसार शासन चलिरहेको छ वा छैन भन्ने विषयमा वार्षिक समीक्षाको माध्यमबाट सुनिश्चित गरिने विषय कानुनमा उल्लेख गरिएको छ ।

हङकङको विशेष व्यापारिक दर्जा कायमै राख्नका लागि हङकङको स्वायत्तता यथावत राख्ने विषयमा पनि अमेरिकाले निगरानी राख्ने छ ।

अन्य चीनका अतिरिक्त हङकङले प्राप्त गरेको विशेष व्यापारिक मान्यताको अर्थ मुख्यभूमि चीनका बिरुद्ध ल्याइने कुनै पनि अमेरिकी प्रतिबन्ध वा व्यापार शुल्कबाट हङकङ प्रभावित नहोस् भन्ने पनि अमेरिकी मान्यता रहेको छ ।