वासिङटन – सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ कि १० अर्ब रुपैयाँको कोकिन पक्रियो भनेर । तर यस्तै भएको छ । आन्ध्र महासागर पार गर्दै गरेको पन्डुब्बीमा यस्तै भएको छ ।
पाँच देशका प्रहरीको संयुक्त अपरेशनपछि स्पेनको उत्तर पश्चिमी क्षेत्रको भिगो तटमा लुकाएर राखिएको यो पनडुब्बीलाई पक्राउ गरिएको हो ।
फाइबर ग्यासले बनेको यो ७२ फिट लामो पनडुब्बीबाट करीब १० अर्ब रुपैयाँ मूल्य पर्ने ३ हाजर ५०० किलोग्राम कोकिन बरामद भएको हो ।
उक्त नशालु पदार्थ कोलम्बियाबाट बेलायतको बजारमा बिक्री गर्नका लागि लगिदै गरेको समाचारमा उल्लेख गरिएको छ । यसका पछाडि दक्षिण अमेरिकाको कुनै ठूलो लागु औषध माफिया समूहको हात रहेको अनुमान गरिएको छ ।
स्पेनिश प्रहरीले इक्वेडरका दुई मानिसलाई पनडुब्बीबाट गिरफ्तार गरेको छ । तर स्पेनिश मुुलका एक आरोपी भने भाग्न सफल भएका छन् । कोलम्बियाबाट रमाना भएको यो पनडुब्बी पक्राउ हुनुपूर्व ७ हजार ६९० किलोमिटरको यात्रा तय गरिसकेको थियो ।
स्पेनिश प्रहरी तथा अर्थ मन्त्रालयका अनुसार पनडुब्बीका माध्यमबाट अमेरिकामा नशालु पदार्थको तस्करी हुनु सामान्य कुरा हो । तर यस किसिमका पन्डुब्बीका क्षमता केबल १ वा २ हजार किलोमिटर सम्म यात्रा गर्न सक्ने हुन्छ ।
आन्ध्र महासागर पार गर्दै हजारौ माइलको दुरी तय भएको यस किसिमको घटना पहिलो हो । पनडुब्बी पक्रन गरिएको यस किसिमको अभियानमा स्पेन, पोर्चुगल, अमेरिका, बेलायत तथा ब्राजिलका प्रहरीले मिलेर काम गरेका थिए । १५ नोभेम्बरदेखि यसमाथी निगरानी गरिदै आएको थियो ।
प्रतिक्रिया