अमेरिकामा विमान दुर्घटना, १ पाइलटसहित ९ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना, १ पाइलटसहित ९ जनाको मृत्यु


वासिङटन – अमेरिकाको साउथ डाकोटामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । १२ जना सवार विमान दुर्घटनामा तीन जना गम्भीर घाइले भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ । विमान चेम्बरलेनबाट इडाहो फल्स जादै गरेको थियो ।

मृत्यू हुनेमा २ बच्चा पनि छन् । अमेरिकी मीडियाका अनुसार खराब मौषमको बारेमा पहिलेनै जानकारी गराइएको थियो । तर उडान भर्दाको समयमा सम्भवतः यसलाई बेवास्ता गरिएको थियो । मौषम विभागले आँधीको आशंका पनि व्यक्त गरेको थियो ।

फेडरल एभियसन एडमिनिस्ट्रेसनका अनुसार पिलाटस पीसी–१२ एक सिंगल इन्जिन भएको टर्बोप्रोप विमानले चेम्बरलेन हवाई अड्डाबाट लगभग १ माइलको दुरी पार गरे लगत्तै दुर्घटना भएको थियो ।

मृतक मध्ये १ पाइलट भएको एएफपीले जनाएको छ । यसको विषयमा ब्रुले काउन्टी राज्यका वकिललाई उद्र्धृत गर्दै एबीसी न्यूजले जनाएको छ । विमानको दुर्घटनाको विषयमा जाँच सुरु भएको नेशनल ट्रान्सपोर्छ सेफ्टी बोर्डले ट्वीटरमार्फत जनाएको छ ।