एजेन्सी – चिनियाँ सेनाले आर्क्टिक क्षेत्रमा तीव्र दरमा वैज्ञानिक अनुसन्धान गर्न थालेको डेनमार्कको एक जासुसी सेवाले जनाएको छ । उक्त एजेन्सीले यसबाट हिउ जमेको भागमा भू–राजनीतिक प्रतिद्वन्द्वीता बढ्ने चेतावनी दिएको छ ।
ग्लोबल वार्मिङ तथा खनिजमा पहुँचको विषयलाई लिएर आर्क्टिकमा विवाद मे महिनामा उक्त समयमा खुलेर आएको थियो जब अमेरिकी विदेश मन्त्री माइक पोम्पियाले रुसमाथि आक्रामक रवैयाको आरोप लगाएका थिए । उनले चीनको कदममा पनि ध्यान राख्न आवश्यक भएको बताएका थिए ।
वार्षिक जोखिम मूल्यांकन प्रतिवेदनमा इन्टेलिजेन्स सेवाले भनेको छ, “रुस, अमेरिका तथा चीनकाबीच शक्ति प्रदर्शनको लडाइले आकार लिइरहेको छ । जसबाट आर्कटिक क्षेत्रमा तनाव बढिरहेको छ ।”
आर्कटिक राज्यहरुको नजिक भएको बताउदै आएको चीनले यो क्षेत्रमा विद्यमान संसाधनसम्म पहुँच तथा उत्तर सागर रुटको माध्यमाबाट तीव्र व्यापारको महत्वाकांक्षा राख्दै आएको छ । बेइजिङले २०१७ मा आर्क्टिक सागर रुटलाई बेल्ट एन्ड रोड इनिसियटिभमा समावेश गरेको थियो । चीनले विगतका केही वर्षहरुमा आर्क्टिक अनुसन्धानका लागि लगानी व्यापक रुपमा बढाउदै आएको छ ।
प्रतिक्रिया