ग्यास पाइप लन्चपछि नजिकिए रुस–चीन

ग्यास पाइप लन्चपछि नजिकिए रुस–चीन


एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षि सी जिनपिङले सोमबार एक ऐतिहासिक पाइपलाईनको लन्च गरेका छन् । साइबेरियादेखि उत्तर–पूर्व चीनमा प्राकृतिक ग्यासको ढुवानी गर्ने यो पाइप लाइनको लन्चिङले मस्को तथा बेइजिङकाबीच आर्थिक तथा राजनीतिक सम्बन्धलाई थप बढाउने अपेक्षा गरिएको छ ।

पावर अफ साइबेरिया पाइपलाइनको माध्यमबाट ग्यासको प्रवाह सुरु भएपछि रुसलाई पश्चिमी देशले लगाएको आर्थिक प्रतिबन्धबाट केही हदसम्म राहात मिल्ने अपेक्षा गरिएको छ । युक्रेनको क्राइमियालाई २०१४ मा कब्जा गरेपछि रुसमाथि अमेरिका सहित पश्चिमी देशले आर्थिक प्रतिबन्ध लगाउदै आएका छन् ।

यो कदमले रुसको शीर्ष निर्यात बजारमा चीनको स्थानलाई मजबुत गर्ने र रुसको युरोप बाहिर सम्भावित रुपमा ठूला बजार उपलव्ध गराउनेछ । मस्कोले दुई अन्य प्रमुख उर्जा परियोना नोर्ड स्टीम–२ अन्डरसी बाल्टिक ग्यास पाइपलाइनलाई जर्मनी तथा टर्की हुदै युरोपको तुर्क्स्ट्रिम पाइपलाइन लन्च गर्ने आशा गरिरहेकै समयमा चीनसँगको ग्यास पाइपलाइन लन्च भएको हो ।

३ हजार किलोमिटर लामो पावर अफ साइबेरिया पाइपलाइन पूर्वी साइबेरियाको चायन्डिन्सकोये तथा कोभयात्का फील्डबाट ग्यासको ढुवानी गर्नेछ । यो परियोजना तीन दसकसम्म चल्ने र यसले रुसका लागि ४ खर्ब डलरको उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसलाई वास्तवमै एक ऐतिहासिक कदम भएको बताइएको छ ।

यो पाइपलाइनको माध्यमबाट रुसबाट ग्यास खरिद गर्नेमा चीन दोस्रो ठूलो देश हुनेछ । यसको माध्यमबाट २०२५ सम्मम ३८ अर्ब घन मिटर ग्यासको आपुर्ति हुनेछ । रुसबाट ग्यास खरिद गर्ने मामिलामा जर्मनी सबैभन्दा ठूलो देश हो । यो मुलुकले गत वर्ष ५८.५० अर्ब घन मिटर ग्यास खरिद गरेको थियो ।

मस्कोले पश्चिमी तथा मध्य यूरोपलाई १९५०को दसकदेखी प्राकृतिक ग्यासको आपूर्ति गर्न सुरु गरेको थियो । युरोप लामो समयदेखि प्राकृतिक ग्यासको प्रमुख उपभोक्ता हो । यो महादेशको वार्षिक कुल आपूर्ति लगभग २०० अर्ब घनमिटर रहेको छ । नयाँ पाइपलाईनमा रुसी ग्यासका लागि चीनले कति मूल्य बेहोरेको छ भन्ने विषय भने गोप्यनैै राखिएको छ ।