चीन शक्तिशाली भइसक्यो, हामी दुश्मनी चाहदैनौं : नेटो प्रमुख

चीन शक्तिशाली भइसक्यो, हामी दुश्मनी चाहदैनौं : नेटो प्रमुख


एजेन्सी – बढ्दो चिनियाँ शक्तिले सिर्जना गरेको चुनौती र अवसरलाई सम्बोनधन गर्न आवश्यक भएको नेटोका महासचिवले बताएका छन् । तर, २९ सदस्यीय रक्षा संगठनले बेइजिङलाई सत्रुको रुपमा हेर्न नचाहेको पनि उनले बताए ।

‘चीनको बढ्दो शक्तिले शक्तिको सन्तुलनमा रुपान्तरण आएको हामीले देखेका छौं , चीनको आर्थिक, सैन्य शक्तिले केही अवसर उपलव्ध गराएको छ । तर, केही गम्भीर चुनौती पनि सिर्जना गरेको छ,’ जेन्स स्टोल्टेनबर्गले लन्डनमा बताए ।

नेटो साउथ चाइना सीमामा फस्न नहुने उनले बताए । चीन आर्थिक सैन्य शक्तिमा युरोपको सामिप्यमा पुगेको पनि उनको भनाई थियो ।
साउथ चाइना सी चीन र अन्य राष्ट्रहरुले दावी गर्दै आएको क्षेत्र हो ।

‘नेटो साउथ चाइना सीमा सहमागी हुने अवस्था छैन । तर हामीले चीन हाम्रो शक्तिसँग नजिकिएको यथार्थलाई सम्बोधन गर्नुपर्छ । उसले पूर्वाधारमा व्यापक लगानी गरिरहेको छ,’ स्टोल्टेनबर्गले भने ।

‘हामीले चीनलाई अफ्रिकामा देखेका छौ, आर्क्टिकमा देखेका छौ, साइबर स्पेसम पनि देखेका छौ र चीन हाल विश्वकै दोस्रो ठूला रक्षा खर्च भएको देश हो,’ उनको भनाई थियो । ‘त्यसैले अवस्य पनि यो नेटोका लागि केही नतिजा हो,’ उनले थपे ।