काठमाडौं –बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ । कारोबार खुलेर ४० मिनेट बढेको बजार त्यसपछि ओरालो लागेको हो ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ४४ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव २४ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।
यस व्यापार अवधिमा १ सय ५८ कम्पनीको २ सय १६ पटकको व्यापारमा रू. १ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका बैङ्किङ, होटल, वित्त कम्पनी र बीमाको परिसूचक घटेपछि समग्र शेयर बजार ओरालो लागेको हो ।
१ घण्टाको व्यापारमा परिसूचक शून्य दशमलव ३४ अङ्क घटेर १ हजार २ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको हो ।
प्रतिक्रिया