जापानमा चुरोट नपिउने कर्मचारीलाई थप ६ दिन बिदा

जापानमा चुरोट नपिउने कर्मचारीलाई थप ६ दिन बिदा


टोकियो – चुरोट पिउनाले आर्थिक र शारीरिक हानीत पुग्छनै । तर, यसैका कारण कार्यालयमा कर्मचारीको उत्पादनक क्षमतामा पनि कमी आउँछ । यसैलाई मध्यनजर गर्दै जापानको एक कम्पनीले अनौठो तरिका अपनाएको छ, ताकि कम्पनी कर्मचारीलाई चुरोट छोड्नका लागि प्रेरित गर्न सकुन् ।

टोकियोको मार्केटिङ फर्म पिएला इंकले धुम्रपान नगर्ने कर्मचारीलिाई ६ दिनको अतिरिक्त छुट्टी दिने नीति पेश गरेको छ । चुरोट पिउने कर्मचारीका लागि सिगरेट ब्रेकको आवस्यकता भएको र यले उत्पादकत्वमा कमी आउने कम्पनीको ठहर छ ।

यो कम्पनीको कर्पोरेट अफिस २९ औं तलामा रहेको छ । कसैलाई पनि सिगरेट ब्रेक लिनु छ भने उनीहरुलाई भुइतलामा जानु पर्छ । यसका लागि १५ मिनेटको सयम खर्च हुने गरेको छ । यसै कारण चुरोट नपिउने कर्मचारीमा आक्रोश रहेको थियो । कम्पनीका सीईओ ताकाओ असुकालाई जब यो कुराको बारेमा जानकारी भयो उनले धुम्रपान नगर्ने कर्मचारीलाई क्षतिपूर्ति स्वरुप ६ दिनको अतिरिक्त
छुट्टी दिने फैसला गरेका हुन् ।

कम्पनीका प्रवक्ता हिरोताका मत्सुशिमाले भने,“धुम्रपान नगर्ने एक कर्मचारीले यसै वर्षको सुरुवातमा कम्पनीको सुझाव पेटिकामा एक सन्देश छोडेका थिए कि धुम्रपानका कारण समस्या हुने गरेको छ र यसैका कारण मानिसको उत्पादन क्षमताम पनि कमी आएको छ ।” उनले भने,“हाम्रा सीईओले टिप्पणी हेरे र यसमा सहमती समेत व्यक्त गरे ।” यसैका आधारमा धुम्रपान गर्नेले खर्च गर्नेको समयका आधारमा धुम्रपान नगर्नेलाई क्षतिपूर्तिको रुपमा ६ दिनको अतिरिक्त छुट्टी दिइएको हो ।