महाअभियोग जाँचमा ट्रम्प दोषी ठहर

महाअभियोग जाँचमा ट्रम्प दोषी ठहर


वासिङटन – डेमोक्रयाटिक पार्टीको बहुमत रहेको अमेरिकी सदनको न्यायीक समितीले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध चलिरहेको महाअभियोगको जाँचको प्राथमिक रिपोर्ट जारी गरेको छ ।

यसमा डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरिएको छ । रिपोर्टका अनुसार ट्रम्पले आफ्नो व्यक्तिगत तथा राजनीतिक उद्देश्यका पुरा गनका लागि राष्ट्रहितबाट सम्झौता गर्न तथा आफ्नो शक्तिको दुरुपयोग गरेर २०२० को राष्ट्रपति चुनाव आफ्नो पक्षमा पार्न विदेशी मद्दत मागेका छन् । यद्यपि ह्वाइट हाउसले यो रिपोर्ट खारेज गरिदिएको छ ।

हाउस जुडिसरी कमिटीको रिपोर्ट अनुसार डोनाल्ड ट्रम्पले युक्रेनलाई पूर्व उप राष्ट्रपति जो बिदेन तथा उनका छोरासँग सम्बन्धि कम्पनीको बिरुद्धमा आफ्नो जाँच सुरु गर्ने घोषणा गर्न प्रस्ताव गरेका थिए ।

यी प्रस्तावमा डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वा्चित हुने अभियानमा सहयोगका लागि युक्रेनका राष्ट्रपतिसँग ह्वाइट हाउसमा एक बैठक गर्न तथा सैन्य सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका थिए । २५ जुलाईमा डोनाल्ड ट्रम्प तथा युक्रेनका राष्ट्रपतिबीच फोन वार्ता भएको पनि पुष्टि गरिएको छ ।

तीन सय पृष्ठ लामो यो रिपोर्टमा दावि गरिएको छ,“अमेरिकी इतिहासमा ट्रम्पलाई छोड्ने हो भने कुनै पनि राष्ट्रतिले कार्यकारी अधिकारीलाई संसद सामु बयान नदिन सीधा आदेश दिएका छैनन् ।” रिपोर्टका अनुसार डोनाल्ड ट्रम्पले संसदीय साक्षीलाई सार्वजनिक रुपमै धम्की दिएका छन् । जुन संघीय अपराध हो ।

रिपोर्टमा ट्रम्पमाथि महाअभियोग जाँचलाई रोक्ने प्रयास गरेको आरोप पनि लगाइएको छ । जाँचलाई जारी राख्नका लागि सिफारिस गर्ने निर्णय गरिएको रिपोर्टमा उल्लेख छ । डोनाल्ड ट्रम्पमाथि २०२० को राष्ट्रपति चुनावमा सम्भावित प्रतिद्वन्द्वी जो बिदेन समेत आफ्नो घरेलू प्रतिद्वन्द्वीको छवि बिगार्नका लागि युक्रेनसँग गैर कानूनी तरिकाले सहयोेग मागेको आरोप पनि लागेको छ ।