वासिङटन – इन्स्टाग्राममा सेलेब्रिटी बनिसकेको अमेरिकी स्टार बिरालोको ८ वर्षको उमेरमा मृत्यू भएको छ । इन्स्टाग्राममा २४ लाख भन्दा बढी फलोअर भएको या बिरालोका मालिक माइक ब्रिडाभस्कीले सोमबार इन्टाग्राममा यो जानकारी दिएका हुन् ।
बैनेपनको बिमारीको शिकार भएको बब जन्मदेखिनै अन्य कतिपय समस्यासँग जुझिरहेको थियो । लिल बबले पशुको राम्रोका लागि ७ लाख डलर अर्थात करिब ८ करोड रुपैयाँ जुटाउनका लागि सहयोग गरेको थियो । बबको मृत्यूलाई लिएर नासाले पनि ट्वीट गरेको छ ।
नासाले लेखेको छ,‘हामी तिमिसँग अन्तरिक्षमा भेट गर्नेछौ बब । तिम्रो यात्रा सुरक्षित होस् ।’
ब्रिडाभस्कीले लिल बबलाई करिब २ महिनाको उमेरमा फेला पारेका थिए । लिल बबको विषयमा एक वृत्तचित्र लिल बब एन्ड फ्रेन्डस पनि बनिसकेको छ ।
बबको करियर संगीत क्षेत्रमा पनि रहेको छ । उसको साइन्स एन्ड म्याजिकःए साउन्डट्रयाक टु दर युनिभर्स एलबम पनि जारी भइसकेको छ ।
शोसल मिडियामा यो बिरालोको सबैभन्दा पहिलो फोटो २ महिनाको उमेरमा आएको थियो ।
प्रतिक्रिया