एजेन्सी – भारतमा आ्फ्नै सहकर्मीको गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढमा बुधबार सहकर्मीको गोली प्रहारबाट पाँच जना इन्डो–टिबेटियन बोर्डर प्रहरी(आइटिबिपी)को मृत्यु भएको हो ।
स्थानीय प्रहरीका अनुसार नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक–अर्कालाई गोली हान्दा पाँच जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
एक प्रहरी जवानले गोली हानेर चार जनालाई मारेपछि उनलाई पनि गोली हानिएको प्रारम्भिक जानकारी पाइएको प्रहरी प्रमुख सुन्दर राज पीले पीटिआइलाई जानकारी दिए ।
प्रतिक्रिया