क्यानडाका प्रधानमन्त्रीले ट्रम्पलाई हाँसोमै उडाए

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पलाई हाँसोमै उडाए


लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाइरल भएको एक भिडियोमा क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले ट्रम्पलाई हासोमा उडाएको देखिएको छैन ।

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले यो भिडियोमा आफ्नो प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र विश्वका अन्य नेताले उनलाई हासोमा उडाएको बताएका छन् ।

ट्रम्पले आफ्नो प्रतिक्रिया दिँदै ट्रुडोलाई ‘दु फेस्ड’ अर्थात दुई अनुहारको व्यक्ति भएको बताएका छन् । यद्यपि उनले ट्रुडोलाई एक असल व्यक्ति भएको पनि बताएका छन् ।

ट्रम्पले यसो पनि भनेका छन्,’यो पनि साचो हो कि उनी २ प्रतिशत पनि तिरिरहेका छैनन । मलाई लागिरहेको छ कि उनी मसँग खुसी छैनन् ।’

ट्रम्पले भनेका छन्,’उनी जीडीपीको २ प्रतिशत पनि दिइरहेका छैनन् । उनले २ प्रतिशत भुक्तानी गर्नुपर्नेछ । क्यानडासँग पैसा छ । हेर्नुस म अमेरिकाको प्रतिनिधित्व गरिरहेको छु । उनीहरुले जति भुक्तानी गरिरहेका छन्, उनीहरुले त्यो भन्दा बढी भुक्तानी गर्नु आवश्यक छ । मैले यसो भन्दा उनीहरु खुसी भइरहेका छैनन् । तर यो यस्तैनै हो ।’

यद्यपि नेटोको बैठकमा भीआईपी रिसेप्सनको समयमा भएको एक कुराकानीको भिडियो भाइरल भइरहेको छ ।

यसमा ट्रुडो, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो तथा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अमेरिकी राष्ट्रपति ट्रम्पको बारेमा चर्चा गरिरहेका थिए ।

यद्यपि यो क्लिपमा कसैले पनि ट्रम्पको नाम लिएका थिएनन् । तर, उनीहरु जुन कुराको चर्चा गरिरहेका थिए त्यो ट्रम्पसँग सम्बन्धित थियो ।