लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को न्यूज कन्फिरेन्स एकाएक रद्ध गरेका छन् । नेटो सम्मेलनपछि न्यूज कन्फिरेन्स गर्ने कार्यक्रम तय भएको थियो । ट्रम्पले ट्वीट गरेर यसको बारेमा जानकारी दिएका हुन् ।
बैठक सकिएपछि आफ“ वासिङटनका लागि प्रस्थान गर्ने ट्रम्पले बताएका थिए । “हामीले यो भन्दा पहिले नेटोको सहयोेगी भएका कारण कयौ पटक न्यून कन्फिरेन्स गरिसकेका छौ । त्यसैले यस पटक हामी न्यून कन्फिरेन्स गर्न गइरेहेका छैनौ,” उनले बताए । नेटोको दुई दिने सम्मेलनमा डोनाल्न्ड ट्रम्पले पत्रकारको लामो सवालको जवाफ पनि दिइसकेका छन् ।
यो अवधिमा उनले हासोयुक्त टिप्पणीका लागि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग रिसाएका थिए र पूर्व निर्धा्रित पत्रकार सम्मेलन रद्द गरिदिएका थिए ।
प्रतिक्रिया