४ सय बढी मानिस मार्ने पाकिस्तानी अफिसर अमेरिकामा प्रतिबन्धित

४ सय बढी मानिस मार्ने पाकिस्तानी अफिसर अमेरिकामा प्रतिबन्धित


एजेन्सी – अमेरिकाले कराचीका पूर्व वरिष्ठ प्रहरी अधिकारी राव अनवरलाई कालो सूचीमा राखेको छ । उनले आफ्नो कार्यकालमा गंभीर रुपमा मानाव अधिकारको हनन गरेको आरोप अमेरिकाले लगाएको छ ।

अनवरले १९० भन्दा इनकाउन्टरमा ४०० भन्दा बढी निर्दोष मानिस मारेको आरोप अमेरिकाले लगाएको छ । यसमा कराचीका कैयौ मानिस पनि समावेश थिए । अनवर ६ देशका ती १८ व्यक्तिमा समावेश छन्, जसलाई अमेरिकी ट्रेजरी विभागले आर्थिक प्रतिबन्ध लगाएको छ । अमेरिकाले हालै मात्र यसको विषयमा जानकारी गराएको हो ।

ट्रेजरी विभागका सचिव स्टिभन न्यूकिनले भनेका छन्, “अनवरले जर्बजस्ती असुली, जमीनमा कब्जा, लागु पदार्थको तस्करी तथा हत्यामा समावेश भएको अपाराधी र प्रहरी अधिकृलाई संरक्षण दिएका छन् ।”

अनवरमाथि गंभीर मानव अधिकारको दुरुपयोगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समावेशका लागि जिम्मेवार मानिएको छ । अमेरिकाले निर्दोष नागरिकका बिरुद्ध अत्याचार, अपहरण, यौन हिंसा, हत्या वा क्रुरता सहन नसक्ने न्यूकिनले बताए ।