राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेद्वारी दिने सरकारको निर्णय

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेद्वारी दिने सरकारको निर्णय


काठमाडौं – नेपालले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिने तयारी गरेको छ । सन् २०३७/०३८ का लागि उम्मेद्वारी दिने सरकारको निर्णय छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सन् २०३७/०३८ सालको लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी गराएका हुन् ।

अन्तर्राष्ट्रिस्तरमा सहयोग जुटाउन पहल गर्नको लागि परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको मन्त्री बास्कोटाले जानकारी दिए ।