काठमाडौं – प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा डीएसपी कुलदिप चन्दलाई पठाइएको छ ।
कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो ।
डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए । उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ ।
प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय महाततको उजुरी शाखामा कार्यरत थिए ।
प्रतिक्रिया