नयाँ दिल्ली – भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् । अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए ।
पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताउनुभयो । राज्य सभाले भने १५ विधेयक पारित गरेको उनको भनाई छ । संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् । एएनआई
प्रतिक्रिया