धनुषा – धनुषा बम विस्फोटमा परेका प्रहरी निरीक्षकको मृत्यु भएको छ । धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुंदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् । हरी निरीक्षक दाहालको उपचारका क्रममा शनिवार विहान निधन भएको हो ।
उनलाई बम राखेको सुचना व्यवसायी राजेश शाहले दिएपछि उनि घटनास्थल पुगेका थिए ।
प्रतिक्रिया