एजेन्सी – अमेरिकी सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा दुई आरोपलाई मंजुरी दिएपछि ट्रम्पले आफू बिरुद्ध महाअभियोग चलाउन ठीक नभएको बताएका छन् । आफ्नो नेतृत्वमा देश अगाडि बढिरहेको र आफूले कुनै गलत काम नगरेकाले आफू बिरुद्ध मुद्धा चलाउन ठीक नभएको उनले बताएका हुन् । ट्रम्पले ट्वीटमा भनेका छन्, “कट्टर बामपन्थी केही पनि गर्दैनन् । डेमोक्रयाट घृणा लायकको पार्टि भइसकेको छ । उनीहरु हाम्रो देशका लागि अत्यन्तै खराब छन् ।”
ट्रम्पको बिरुद्धमा गलत नेतृत्वको आरोपमा प्रतिनिधी सभामा महाअभियोगको प्रक्रिया अगाडि बढ्दैछ । प्रतिनिधि शभामा डेमोक्रयाटिक पार्टीको बहुमत रहेको छ । यो प्रतिनिधि शभाबाट पारित भएपछि महाअभियोगको मुद्धा १०० सदस्यीय अमेरिकी सिनेटमा जानेछ । सिनेटमा भने रिपब्लिकन पार्टीको बहुमत रहेको छ ।
ट्रम्पले जोड दिँदै भने, “यहाँ एक फोन कलका लागि व्यापक भइरहेको छ । जबकी युक्रेनी राष्ट्रपतिले आपूmमाथि कुन दबाब नभएको बताइसकेका छन् । उनलाई यो पनि थाहा छैन कि हामी केको बारेमा कुराकानी गरिरहेका छाैं । महाअभियोग एक घोटाला हो । यसको अनुमती दिइनु हुदैनँ । यो हाम्रो देशका लागि धेरै खराब हो ।”
डेमोक्रयाटहरुले महाभियोगलाई महत्वहीन बनाइरहेको उनले बताए । उनले भनेका छन्, “कुनै दिन डेमोक्रयाट राष्ट्रपति हुनेछन् र रिपब्लिकन हाउस हुनेछ । त्यतीबेला उनीहरुले अहिलेको घटनालाई सम्झनेछन् । किनकी जब तपाईहरु महाअभियोगलाई बिना कुनै कारण प्रयोग गर्नुहुन्छ भने अन्यले पनि राजनीतिक लाभका लागि यसको प्रयोग गर्न सक्नेछन् ।”
प्रतिक्रिया