एजेन्सी – लामो समयदेखि अमेरिका र चीनबीच चलेको व्यापार युद्धले चीनमा ठूलै रुपमा असर देखाउन सुरु गरेको छ । उत्तरी चीनको पर्ल नदी किनारामा बसेको हुइजु सहर विस्तारै विस्तारै सुनसान हुन थालेको छ । यसको फाइदा भारत र भियतनाम जस्ता देशलाई हुन थालेको छ ।
कैयौ विदेशी कम्पनीले चीनमा आफ्नो कारोबारलाई सीमित गर्न थालेका छन् र भारतलाई आफ्नो ठूलो बजारको रुपमा हेर्न थालेका छन् र आफ्नो सञ्चालन भारतमा सार्न थालेका छन् । यसैका कारण नोएडामा कैयौ विदेशी तथा बहुराष्ट्रिय कम्पनी खुल्न थालेका छन् । यसैका कारण भारतमा रोजगारीको अवसर बढ्न थालेको छ भने नोएडामा पनि रौनक देखिन थालेको छ ।
सबैभन्दा पछिल्लो मामिलामा दक्षिण कोरियाको कम्पनी सामसङले हुइजु सहरमा रहेको आफ्नो ३० वर्ष पुरानो कारखाना २०१९ को अक्टोबरमा बन्द गरेको छ । यसको पुरा सञ्चालन नोएडा र भियतनाममा सारिएको छ । अमेरिका र चीनबीच चलेको व्यापार युद्धका कारण अमेरिकाले चिनियाँ सामग्रीमाथि ठूलो परिमाणको भन्सार शुल्क लगाएको छ । विदेशी कम्पनीहरु आफ्नो कारोबार चीनबाट हटाएर अन्य देशमा लैजान थालेका छन् ।
चीनमा रहेका कार्यालयहरुको काम नोएडा तथा भियतनामको कारखानमा पठाइन थालिएको छ । यसैले नोएडामा कामको अवसर, भाग–दौड तथा रौनक बढ्न थालेको छ । उता चीनमा सामसङको अन्तिम कारखाना पनि बन्द भएपछि हुइजू सहर सुनसान हुन थालेको छ । यसैगरी अमेजन सहितका ई–कमर्श कम्पनी पनि चीनमा आफ्नो कारोबार हटाएर भारत, भियतनाम लगायका अन्य मुलुकमा सार्न थालेका छन् ।
विदेशी ई–कमर्श कम्पनीलाई चीनमा काम गर्नका लागि समस्या हुन थालेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धलाई मध्यनजर गर्दै सामसङले गत वर्ष नोएडामा आफ्नो सबैभन्दा ठूलो कारखाना उद्घाटन गरेको थियो । स्माटफोनतर्फ सामसङले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगट्दै आएको छ ।
प्रतिक्रिया