एजेन्सी – गुगलले यसै साता विश्वकै लोकप्रिय गन्तव्य सार्वजनिक गरेको छ । शीर्ष १० को सूचीमा यसपटक एसियाका गन्तव्य बढी देखिएका छन् । हामीले यहाँ यो वर्ष लोकप्रिय बनेका विश्वका केही गन्तव्य प्रस्तुत गरेका छौं ।
१.मालदिभ्स
यो सानो दक्षिण एसियाली राष्ट्रको एउटै फोटोले लोकप्रियताको पुष्टि गरेको छ । यो सामान्य रुपमा सुन्दर रहेको छ । टापुहरुले बनेको यो देश टापु रिसोर्ट, पारदर्शी पानी र पुराना कोरल चट्टानका लागि प्रसिद्ध रहेको छ ।
मालदिभ्सको पानीमाथिको बसाइ कतिपय अमेरिकीका लागि लोकप्रिय रहेको छ । मालदिभ्समा पानीमुनीको बेडरुम समेत रहेको छ । याहाँ पर्यटकिय सिजनमा एक रातको फूलबोर्ड प्याकेजका लागि ३८ हजार डलर तिर्नुपर्छ भने बेमौषममा बेड र ब्रेकफास्ट गरेर १० हजार डलर तिर्नुपर्छ ।
२.जापान
विश्व जापानसँग मोहित हुदै आएको छ । संयुक्त राष्ट्र संघिय पर्यटकिय संगठनले २०१९ को सेप्टेम्बर जापानमा दोस्रो बढी संख्यामा पर्यटक आएको उल्लेख गरेको छ । पहिलो स्थानमा भने अस्ट्रिया रहेको छ ।
३. बोरा बोरा
यो वर्षको पर्यटकिय गन्तव्यको रुपमा फ्रान्सेली टापु बोरा बोरा उत्कृष्ट पर्यटकिय गन्तव्यको तेस्रो स्थानमा पर्न सफल भएको छ । २००९ मा क्लब मेड बोरा बोराले आफ्नो ढोका बन्द गरेको थियो । तर विगतका वर्षहरुमा भने यहाँ पर्यटकको ओइरोनै लाग्न थालेको छ ।
४. लास भेगास
यो सहर ब्ल्याकज्याक, सोगर्ल, पि–वेडिङ, संगित आदीका लागि राम्रो गन्तव्य बनेको छ । यो सहर पनि यस वर्षको पर्यटकिय गन्तव्यको उत्कृष्टमा पर्न सफल भएको छ ।
५. मेक्सिको
भ्रमणका लागि गुगलमा सर्च गरिएको स्थानमा मेक्सिको पाँचौ लोकप्रियमा परेको छ । तर अमेरिकीहरुका लागि भने पहिलो स्थानमा परेको छ । गुगलमा भ्रमणका लागि सर्च गरिएका अन्य पाँच स्थानमा अलास्का, न्यू ओर्लिन्स, क्यालिफोर्निया, र न्यूयोर्क अमेरिकाका परेका छन् भने कोस्टारिका १० औं स्थानमा परेको छ ।
प्रतिक्रिया